२०८३ साउन ९ शनिबार

बेष्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बालनरसिंह घर्ती नियुक्त

ई आर्थिक    सोमबार, फाल्गुन २६ २०८१
4.8K
Shares
बेष्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बालनरसिंह घर्ती नियुक्त

ई-आर्थिक, काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बालनरसिंह घर्ती नियुक्त भएका छन् ।

गैरआवासीय नेपाली(एनआरएन)हरुको लगानी रहेको बेष्ट फाइनान्समा  घर्तीलाई ४ वर्षको लागि  प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त गरेको हो  ।

कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती दिएको थियो  ।

उनीसंग बैंक तथा वित्तियसंस्थाको अनुभव धेरै रहेको छ ।   घर्ती तत्कालिन किष्ट बैंकमा कामू सीईओको भूमिकामा रहेर काम गरिसेका छन् ।

उनी  बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय छन् । उनीसंग शैक्षिक योग्यताका रुपमा    व्यवस्थापनमा एमबीए गरेका छन भने  पछिल्लो समय पीएचडी समेत गर्दै छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij