ई–आर्थिक, काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
सो विधेयक प्रतिनिधि सभामा २०८० असोज १६ गते दर्ता भएको थियो । प्रतिनिधि सभाको समितिमा दफावार छलफलका लागि २०८० फागुन ११ गते पठाइएकोमा गत भदौ २५ गते समितिले विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेस ग¥यो ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकोमा सो प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो ।