२०८३ साउन ९ शनिबार

बालेन ‘कर्मचारी फ्रेण्डली’ नहुँदा महानगर कर्मचारीविहिन बन्दै, ७८ सह–सचिव सरुवामा पनि पर्न सकेन महानगर

ई आर्थिक    शुक्रबार, फाल्गुन १६ २०८१
13.1K
Shares
बालेन ‘कर्मचारी फ्रेण्डली’ नहुँदा महानगर कर्मचारीविहिन बन्दै, ७८ सह–सचिव सरुवामा पनि पर्न सकेन महानगर

तलबको विषयलाई लिएर बेला–बेलामा मेयर साहलाई घेर्ने गरेका कर्मचारीले आन्दोलनको तयारी समेत थालेको बताइएको छ

ई–आर्थिक, काठमाडौं । बालेन हठका कारण काठमाडौं महानगरपालिका कर्मचारीविहिन बन्दै गएको छ ।

सरकारले ७८ जना सह–सचिवहरुको सरुवा निकाल्दा पनि काठमाडौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवाको सूचिमा कोही पनि पर्न सकेन । यसलाई कर्मचारीबृतमा ‘बालेन हठ’को संज्ञा दिइएको छ ।

महानगरको प्रमुख प्रशासकिय अधिकृतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रेम भट्टराईको नाम प्रस्ताव छ । तर सरकारले उनलाई पठाउन इन्कार गरेको स्रोतले जानकारी दिएको छ ।

महानगरका मुख्य प्रशासकीय अधिकृत सरोज गुरागाई मेयर बालेनको हठमा परी बिदामा बसेपश्चात् काठमाडौं महानगरमा लामो समयदेखि आर्थिक कारोबार ठप्प हुन पुगेको छ ।

महानगर कर्मचारी स्रोत भन्छ– ‘अहिले शिक्षक र सफाई गर्ने कर्मचारीहरुलाई तलब खुवाउनै सकिएको छैन । यसबाट करारका साथै करिब १७ सय जना स्थायी कर्मचारीहरु समेत प्रभावित भएका छन ।’

महानगरका एक कर्मचारीले भने– ‘चैत्र महिनासम्म पनि यसरी नै तलब खान नपाउने हो भने काठमाडौ महानगरका कर्मचारीहरुकोले २०८२ को नया बर्ष हौसल्लाका साथ मनाउन नपाउने पक्का पक्की जस्तै देखिन्छ ।’ यो अवस्था रहिरहेसँगै कर्मचारीहरु मेयर बालेनको विरुद्धमा आन्दोलनमा उत्रिने तयारी पनि गरिरहेको बुझिएको छ । यसकै कारण पनि मेयर बालेन साह कार्यालयमा पुरा समय नवस्ने गरेको उनको भनाई छ ।

अहिले कार्यालय आएको थाहा पाएपछि मेयर बालेनलाई तलबको विषयलाई लिएर घेर्न जाने गरेको महानगर स्रोत बताउँछ । मेयर बालेन्द्र साह बालेनले सबैलाई गलत देख्नु र आफुलाई मात्र सहि देख्नुको घमण्डका कारण पछिल्लो समय महानगरको काम कामकारबाही लथालिङ्ग हुँदै आएको पनि सो स्रोतले दाबी गरेको छ ।

महानगर पालिकामा बालेन निर्वाचित भएर आएयता उनैले रुचाएर लगेका सह–सचिव प्रेम परियार नटिक्नु, निजामति प्रशासन सेवामा भद्रभलाद्मिको रुपमा गनिने बसन्त अधिकारी र सरोज गुरागाई समेत नटिक्नुका कारण अन्य सह–सचिबहरु समेत बालेनकै ‘दम्भ’का कारण बिवादमा परिन्छकी भन्ने डरले जान नरुचाउने गरेको एक सहसचिवले जानकारी दिए ।

निजामती प्रशासनका मात्र नभई महानगर मातहतकै कर्मचारीहरुसमेत बिभागीय प्रमुखको जिम्मा लियर बिभाग चलाउन बालेनको डरले ‘थुर–थुर’ हुने गरेका छन् । महानगरका प्रशासन विभाग प्रमुख महेश पोख्रेल, स्वास्थ्य बिभाग प्रमुख राम प्रसाद पौडेल र आफ्नै सचिवालयमा कार्यरत नुरनिधि न्यौपानेलाई कारबाही गरी निलम्बन गर्नुले पनि महानगर कर्मचारीबृत तरंगित भएको छ । मेयर बालेनले आफुले र आफ्नाले भने जस्तो भयन कि त ‘जङ्गबहादुर शैली’मा उत्रेर कारवाही गर्ने प्रवृत्तिका कारण पुरै महानगर तरङ्गित हुने गरेको छ ।

काठमाडौं महानगरलाई सहज ढंगले सञ्चालन गर्न मेयर बालेन साह कर्मचारीमैत्री हुन सक्नुपर्ने ती सह–सचिवको तर्क छ ।

सरुवा भएका सबै सह–सचिवको नाम (सूचिसहित)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij