ई-आर्थिक, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले निष्काशन गरेको आइपिओमा माग भन्दा बढिको आवेदन परेको छ । कम्पनीको आइपिओमा माग भन्दा ११.०५ गुणा बढी आवेदन परेको छ ।
आज आवेदनको समय साँझ ५ बजेसम्म मात्रै रहेको छ ।
सिडिएस एण्ड क्लियरिङका अनुसार सोमबार साँझ ५ बजेसम्म १५ लाख ७२ हजार ५८८ जनाले आवेदन दिएको जनाएको छ ।
कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।