२०८३ साउन १० आइतबार

खाँदबारी-किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध, ३० मिटर सडक पुरियो

ई आर्थिक    सोमबार, फाल्गुन १२ २०८१
3.9K
Shares
खाँदबारी-किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध, ३० मिटर सडक पुरियो

ई-आर्थिक, खाँदबारी।  कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुंगा खसेपछि उक्त सडक अवरुद्ध भएको हो।

सदरमुकाम खाँदबारीबाट एकसय नौ किलोमिटरको दुरीमा रहेको सो स्थानमा पहिरो खसेको हो। पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन्।

पहिरोले करिब ३० मिटर सडक पुरिएको छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij