२०८३ साउन ९ शनिबार

सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब, परियोजनाहरुमा सात अर्ब ७२ करोड लगानी

ई आर्थिक    सोमबार, फाल्गुन १२ २०८१
3.9K
Shares
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब, परियोजनाहरुमा सात अर्ब ७२ करोड लगानी

ई-आर्थिक, काठमाडौं । सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब एक करोड रुपैयाँ पुगेको छ । नेपाल आर्मीले आइतबार पत्रकार सम्मेलन गर्दै ८७ अर्ब एक करोड मौज्जाद रहेको बताएको हो ।

नेपाल आर्मीको बैङ्क तथा वित्तीय संस्थामा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

नेपाली सेनाले  विभिन्न परियोजनामा लगानी सात अर्ब ७२ करोड ४४ लाख रुपैयाँ रहेको जानकारी दियो ।

साथै, नेपाली सेनाका स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै  कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालमा एक अर्ब ६० करोड ६० लाख रुपैयाँ लगानी रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij