ई-आर्थिक, ललितपुर । ललितपुरस्थित सुनाकोठीमा रहेकाे सिभिल होम्समा आगलागी भएको छ ।
सिभिल होम्समा रहेकाे एक घरको पूजाकोठाबाट आगो लाग्न सुरू भएकाे हो ।
माथिल्लो तलामा रहेको उक्त पूजाकोठामा बत्ती बालिएकाे थियाे । जसबाट आगलागी भएकाे थियो ।
यतिबेला, ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो नियन्त्रण गरिसकेको छ ।