२०८३ साउन ९ शनिबार

आइटी क्षेत्रमा नेपाल धेरै पछाडि छ: सञ्चारमन्त्री गुरुङ

ई आर्थिक    बिहिबार, माघ २४ २०८१
3.7K
Shares
आइटी क्षेत्रमा नेपाल धेरै पछाडि छ: सञ्चारमन्त्री गुरुङ

ई- आर्थिक, काठमाडौं ।  नेपाल आइटी क्षेत्रमा धेरै पछाडी रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । उनले आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने कामले गति नलिएको बताएका हुन्  ।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले आइटी क्षेत्रमा नेपाल सबैभन्दा पछाडि परेको भन्दै सरकारले धेरै काम गर्न बाँकी रहेको औंल्याएका छन् ।

‘मैले ६ महिना मन्त्रालयमा काम गर्दा आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने धेरै काम देखेको छु । यस क्षेत्रमा नेपाल दक्षिण एसियामा सबैभन्दा पछाडि परेको छ । अहिलेसम्म हामीले केही गरेका रहेनछौं । अरुले जे गर्नुभयो त्यसैमा सिमित छौ । एआइको नीति बनाएको छैनौ । बल्ल बल्ल आइटी क्षेत्रलाई व्यवस्थित गर्न कानून बनाएका छौं । नियमावली बनेको छैन् । भएका कानुन कार्यान्वयन गर्ने तदकरुपकता देखिदैन । गर्नुपर्ने काम नगरेको तर थोरै थोरै गरेको भएपनि गति नलिएको देखिन्छ ।’ उनले भने ।

मन्त्री गुरुङले आइटी पार्क, नलेज पार्क र अनुसन्धान केन्द्र खोल्ने कुरामा जोड दिए । उनले भने, ‘आजसम्म एउटा आइटी पार्क छैन् । नलेज पार्क छैन् । अनुसन्धान केन्द्र छैन । त्यसैले हाम्रो मन्त्रालयले यो बर्ष एउटा आइटी पार्क खोलौ र त्यसलाई सातवटा प्रदेशहरुमा पनि लैजाऔं भन्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij