२०८३ साउन १० आइतबार

आजदेखि काठमाडौं उपत्यकाका यी स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने

ई आर्थिक    सोमबार, माघ २१ २०८१
6.9K
Shares
आजदेखि काठमाडौं उपत्यकाका यी स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने

ई-आर्थिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।  प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने काठमाडौंका केही ठाउँमा आजदेखि विद्युत सेवा अवरुद्ध गर्ने बताएको छ ।

नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका केही ठाउँमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको हो ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार  एक हप्ताको सम्म अर्थात माघ  २१ गतेदखि माघ २९ गतेसम्म बिहान ११ बजेबा अपराह्न ४ बजेसम्म  विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विभिन्न क्षेत्रहरुमा विद्युतीय लाइन भूमिगत गर्न लागेको हो  । प्राधिकरणका अनुसार आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुलको क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु वरिपरिको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

यी स्थान विद्युत अवरुद्ध हुदै

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij