२०८३ साउन ९ शनिबार

भारत रेल दुर्घटनामा ७ नेपालीको मृत्यु, समन्वय एवं सहजीकरण गर्दै परराष्ट्र मन्त्रालय

ई आर्थिक    शुक्रबार, माघ ११ २०८१
2.1K
Shares
भारत रेल दुर्घटनामा ७ नेपालीको मृत्यु, समन्वय एवं सहजीकरण गर्दै परराष्ट्र मन्त्रालय

ई-आर्थिक, काठमाडौं । भारतको महाराष्ट्र राज्य भएको रेल दुर्घटनामा ७ नेपालीको मृत्यु भएको छ ।   महाराष्ट्रको जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटना भएको हो । गत ९ माघ साँझ करिब ५:०५ बजे भएको रेल दुर्घटनामा हुदा १२ जनाको मृत्यु भएको थियो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा अछामका ४ जना, कैलालीका २ जना र बाँकेका एक जना रहेको जनाएको छ ।

मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।साथै रेल दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी रहेका छन् । यसै गरी बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको छ ।
दुर्घटनामा परी ४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले बतायो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij