२०८३ भाद्र ३० मंगलबार

 पोखरा फाइनान्स मर्जरमा जाने

ई आर्थिक    बिहिबार, माघ १० २०८१
12.9K
Shares
 पोखरा फाइनान्स  मर्जरमा जाने

ई-आर्थिक, कास्की ।  पोखरा फाइनान्स लिमिटेड मर्जरमा जाने भएको छ । नेपाल राष्ट्र बैकले समस्याउन्मुख रहेको जानकारी दिएको फाइनान्स कम्पनी मर्जरमा जाने भएको हो । पोखरा फाइनान्स मर्जर तथा प्राप्ति प्रक्रियालाई तीव्रता दिन मर्जर समिति गठन गरेको जनाएको छ ।

फाइनान्सको सञ्चालक समितिको माघ ९ गते बसेको बैठकले  बैंक वा वित्तीय संस्थासँग मर्जर गर्नेे योजना सार्वजनिक गरेको हो।

सञ्चालक समितिले साधारण सभाको निर्णय अनुसार मर्जर वा प्राप्ति प्रक्रियालाई अघि बढाउने जिम्मा पाएको थियो । उक्त निर्णयले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग समाहित, गाभ्ने वा गाभिने प्रक्रियामा पहल गर्न अनुमति दिएको छ।

यता, नेपाल राष्ट्र बैकले बुधबार नै यस फाइनान्स कम्पनीलाई गरेको स्थलगत निरीक्षणका क्रममा समस्याउन्मुख देखेको भन्दै कारबाही गरेको छ । समस्याउन्मुख रहेको यस कम्पनीका सञ्चालक समितिलाई नेपाल राष्ट्र बैकले सचेत समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij