२०८३ साउन १० आइतबार

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि थप ६० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

ई आर्थिक    आइतबार, माघ ६ २०८१
3.1K
Shares
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि थप ६० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

ई-आर्थिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि थप ६० अर्ब रूपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैंकहरू कर्जा लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले प्रणालीबाट पटक पटक पैसा तानिरहेको हो ।

आइतबार पनि राष्ट्र बैंकले ६० अर्ब रूपैयाँ उठाउन लागेको हो । राष्ट्र बैंकले २१ दिनको लागि यस्तो पैसा खिच्ने भएको हो।

यसअघि बैंकहरूले पुस १४ गते राखेको ७० अर्ब रूपैयाँको अवधि आइतबार नै सकिने भएपछि यसरी पुँजी खिच्न लागेको हो।

पछिल्लो पटक माघ २ गते राष्ट्र बैंकले उठाएको ४० अर्ब रूपैयाँ बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजमा राखेका थिए।

माघ ३ गतेसम्म राष्ट्र बैंकमा बैंकहरूले राखेकोमध्ये तीन खर्ब दुई अर्ब रूपैयाँ प्रणालीमा फर्किन बाँकी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij