ई-आर्थिक, काठमाडौं । सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन गरेको छ । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सकिन्छ ।
जहा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै : एलसी सिजी गोदरेज, बेको लगायतका लगायतका उत्पादनहरू उपलब्ध छन्।
आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम संचालन गरिएको छ। दक्ष्य र अनुभवी Sales Person हरु बाट यहाँ भएका बिधुतिय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३०% सम्मको विशेष छुट पाउन सक्नुहुनेछ।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।
नयाँ शाखाहरूमा नि: शुल्क कुकिंग क्लास र लाइभ डेमो को समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सकिने कम्पनीले जनाएको छ ।
नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ! यसमा नि:शुल्क डेलिभरी, नि:शुल्क स्थापना, अन स्पट ईएमआई, एक्सचेन्ज अफर, र लोयल्टी पोइन्टहरू जस्ता सुविधाहरू पनि समावेश छन्।
यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ।