ई-आर्थिक, काठमाडौं । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकट मूल्यवृद्धी नियन्त्रण गर्नका लागि राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्ने बताएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकट मूल्यवृद्धी नियन्त्रण गर्नका लागि राष्ट्रिय ध्वजावाहकको भूमिका महत्वपूर्ण हुने मन्त्री पाण्डेले बताएका हुन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले त्यसका लागि नेपालको आकाश सुरक्षित र भरपर्दो हुनुपर्ने तथा त्यसमा सबैको सहयोग आवश्यक पर्ने बताएका हुन् ।
‘‘हवाई जहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नु आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छौ ।’’ उनले भने
मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधिसहित निर्देशन दिएको समेत जानकारी दिएका छन् ।