२०८३ साउन ११ सोमबार

सेयर खरिदबिक्री पूर्वस्वीकृति अनिवार्य रुपमा लिन दुरसञ्चार प्राधिकरणको निर्देशन

ई आर्थिक    सोमबार, पौस २२ २०८१
6K
Shares
सेयर खरिदबिक्री पूर्वस्वीकृति अनिवार्य रुपमा लिन दुरसञ्चार प्राधिकरणको निर्देशन

ई-आर्थिक, काठमाडौं । सेयर खरिदबिक्री पूर्वस्वीकृति अनिवार्य रुपमा लिन  दुरसञ्चार प्राधिकरणले  निर्देशन  दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिदबिक्री गर्नुपूर्व अनिवार्य रूपमा स्वीकृति लिन दूरसञ्चार सेवाप्रदायकलाई निर्देशन दिएको हो  ।

प्राधिकरणका अनुसार  अनुमतिपत्र सेवाप्रदायकले चुक्तापुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था भएकाले त्यसको कार्यान्वयन गर्न निर्देशन दिएको बताएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ ले सेयर खरिदबिक्री पूर्व अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै सेयर संरचनामा पनि कुनै परिवर्तन गर्नुपर्ने प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

पछिल्लो समय दूरसञ्चार सेवाप्रदायकको सेयर खरिदबिक्री तथा संरचना परिवर्तन हुँदा राज्यले प्राप्त गर्नुपर्ने कर छलीलगायतका प्रवृत्ति देखिन थालेको जनाएको छ । साथै ,  शेयर स्वामित्वमा परिवर्तन हुँदा पनि त्यसको पूर्वजानकारी नियामकलाई उपलब्ध नगराउने प्रवृत्ति सेवाप्रदायकमा देखिएको प्राधिकरणले जनाएको हो । स्वीकृति नलिई सेयर खरिदबिक्री तथा संरचना परिवर्तन गरेको पाइएमा कारबाही गर्ने पनि प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij