२०८३ साउन १० आइतबार

हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण, विमानमा सवार सबै सुरक्षित

ई आर्थिक    आइतबार, पौस १४ २०८१
7.7K
Shares
हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण, विमानमा सवार सबै सुरक्षित

काठमाडौं । भक्तपुरको साँगामा हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गर्नुपरेको जानकारी दिनुभयो ।

प्रवक्ता शेर्पाले हेलिकोप्टरमा चरा ठोक्किए पनि पाइलट र विमानमा सवार यात्रु सुरक्षित रहेको बताउनुभयो । उक्त विमानमा ६ जना यात्रु सवार थिए ।

उहाँले भन्नुभयो, ‘‘विमानमा अन्य कुनै समस्या नभएको, चरा ठोक्किएका कारण पाइलटले हेलिकोप्टरलाई आकस्मिक अवतरण गर्नुभएको हो । पाइलटसहित विमानमा सवार सबै यात्रु सुरक्षित हुनुहुन्छ ।’’ उक्त हेलिकोप्टर लुक्लाबाट काठमाडौं आउँदै गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij