२०८३ साउन १२ मंगलबार

भाटभटेनी सहित तीन मनी ट्रान्सफर कम्पनीको लाइसेन्स खारेज, ३५ दिन भित्र लेन देन भए जानकारी दिन आह्वान

ई आर्थिक    शुक्रबार, पौस १२ २०८१
5.5K
Shares
भाटभटेनी सहित तीन मनी ट्रान्सफर कम्पनीको लाइसेन्स खारेज,  ३५ दिन भित्र लेन देन भए जानकारी दिन आह्वान

ई-आर्थिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ३ वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र अनुमति (लाइसेन्स) खारेज गरेको छ । नेपाल राष्ट्र बैंकले एकै पटक भाटभटेनी मनी ट्रान्सफर प्राली, मोर्डन रेमिट्यान्स प्राली र नमस्ते रेमिट इन्टरनेशनल प्रालीको इजाजतपत्र खारेज गरेको हो  ।

विप्रेषण कारोबारको सिलसिलामा उक्त कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त नआएमा बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकको भनाइ छ ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली २०७९ को विनयम १३ को उप विनियम ५ बमोजिम खारेज हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सम्बन्धित रेमिट्यान्स कम्पनीको जमानत रकम फुकुवा गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij