२०८३ साउन ९ शनिबार

भाटभटेनीले कुहिँएको सामान बेच्दा महानगरले तिरायो २ लाख जरिवाना

ई आर्थिक    शुक्रबार, पौस ५ २०८१
7.1K
Shares
भाटभटेनीले कुहिँएको सामान बेच्दा महानगरले तिरायो २ लाख जरिवाना

ई-आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले भाटभटेनीलाई कारवाही गरेको छ । महानगरपालिकाले  भाटभटेनी सुपर मार्केटले २ लाख रुपैयाँ जरिवाना तिराउने भएको हो । काठमाडौँ महानगरपालिकाले कुहिएको नरिवल बिक्री गरेको भन्दै भाटभटेनीलाई कारवाही गरेकाे हाे ।

महानगरपालिकाले भाटभटेनीको त्रिपुरेश्वर आउटलेटलाई जरिवाना तिराएको हाे। महानगरले सो आउटलेटबाट ४४ प्याकेज अखाद्य नरिवल बरामद गरेर नष्ट गरेको छ ।

गत मंसिर १९ गते भाटभटेनी सुपरमार्केट त्रिपुरेश्वरमा प्याक गरिएका र बिक्रीको लागि राखिएका नरिवलमा ढुसी फेला परेको थियो ।

काठमाडौं महानगरपालिकका अनुसार उपभोक्ताले उजुरी गरेपछि महानगर प्रहरी बल र खाद्य प्राविधिक सहितको टोलीले अनुमगनका क्रममा गर्दा ढुसी सहितको नरिवल फेला पारेका थिए ।

उपभोक्ताहरुले देशको ठूलो सुपरमार्केटले जनताको स्वास्थ्यमा खेलबाड गरेको भन्दै गुनासो ब्यक्त गरेका थिए ।

भाटभटेनीले कुहिँएको सामान बेच्यो, जनस्वास्थ्य माथि खेलवाड

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij