२०८३ साउन १० आइतबार

भाटभटेनीले कुहिँएको सामान बेच्यो, जनस्वास्थ्य माथि खेलवाड

ई आर्थिक    बुधबार, मंसिर १९ २०८१
14.8K
Shares
भाटभटेनीले कुहिँएको सामान बेच्यो, जनस्वास्थ्य माथि खेलवाड

ई-आर्थिक, काठमाडौं । भाटभटेनी सुपरमार्केट त्रिपुरेश्वरमा प्याक गरिएका र बिक्रीको लागि राखिएका नरिवलमा ढुसी  फेला परेको छ ।

काठमाडौं  महानगरपालिकका अनुसार उपभोक्ताले उजुरी गरेपछि महानगर प्रहरी बल र खाद्य प्राविधिक सहितको टोलीले अनुमगनका क्रममा गर्दा ढुसी सहितको नरिवल फेला पारेको जानकारी दियो ।

त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा प्याक गरिएका र बिक्रीको लागि राखिएका नरिवलमा ढुसी परेको छ।

महानगरपालिकाका प्रहरीले   भाटभटेनी सुपरमार्केटलाई  थप कारवाहीको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाइएको बतायो ।

उपभोक्ताहरुले  देशको ठूलो सुपरमार्केटले जनताको स्वास्थ्यमा खेलबाड गरेको भन्दै  गुनासो ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij