२०८३ साउन १० आइतबार

‘नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ’ : ऊर्जामन्त्री खड्का

ई आर्थिक    सोमबार, मंसिर २४ २०८१
3.8K
Shares
‘नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ’  : ऊर्जामन्त्री खड्का

ई-आर्थिक, काठमाडौं । ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् ।  नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको तर जलवायु परिवर्तनका असरले गरेको बताएका छन् । जसले  हिमाली क्षेत्र परेको असरले यो क्षेत्र नराम्ररी प्रभावित भइरहेको उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैँककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन (एफएओ) को आयोजनामा थाइल्याण्डको बैँककमा आजदेखि सुरु भएकोसम्मेलनमा उनी सहभागी भएका हुन्  । सम्मेलनमा  सम्बोधन गर्दै मन्त्री खड्काले पानीको अभाव व्यवस्थापन र माटोको क्षयीकरण रोक्दै दिगो कृषि र खाद्य प्रणालीको विकासमा उच्चस्तरीय कार्ययोजना आवश्यक रहेको बताएको  उनको सचिवालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई सम्बोधन गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै ऊर्जामन्त्री खड्काले नेपालको अर्थतन्त्रको आधार कृषि भएकाले दिगो र लचिलो कृषि खाद्य प्रणाली सिर्जना गर्न विज्ञान, नवप्रवर्तन र नीतिलाई एकीकृत गर्न गरिने बताए  ।

मन्त्री खड्काले जल–ऊर्जा–खाद्य समस्याधलाई दिगो रूपमा सम्बोधन गर्न विश्वव्यापी सहकार्यका लागि आग्रहसमेत गरे । उनले जलवायु सङ्कट र सामाजिक–आर्थिक चुनौतीको सामना गर्दै जलस्रोत व्यवस्थापनमा उत्कृष्ट अभ्यास र प्राविधिक प्रगति प्रवर्द्धन गर्न थप सहकार्य, ज्ञान र साझेदारी आवश्यक रहेको बताए ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, थाइल्याण्ड, आयसल्याण्ड, पाकिस्तान, कम्बोडिया, भुटान, चिली जापानलगायतका दुई दर्जनभन्दा बढी देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij