२०८३ साउन १० आइतबार

पुनः सुचारु भयो राहदानी सेवा, २२ प्रशासन कार्यालयहरू तथा नेपाली नियोगहरूबाट सेवा लिन सकिने

ई आर्थिक    बिहिबार, मंसिर २० २०८१
1.6K
Shares
पुनः सुचारु भयो राहदानी सेवा, २२ प्रशासन कार्यालयहरू तथा नेपाली नियोगहरूबाट सेवा लिन सकिने

ई-आर्थिक, काठमाडौं । मंसिर ५ गतेदेखि अवरुद्ध भएको नयाँ राहदानी वितरण सेवा सुरु भएको छ । राहदानी विभागले राहदानी सेवा पुनः सुरु गरेको सूचना मार्फत जानकारी दिएको छ ।  राहदानी विभागले सूचना जारी गर्दै २२ वटा प्रशासन कार्यालय र नेपाली नियोगबाट राहदानी सेवा सुरु भएको जानकारी गराएको छ ।

राहदानी छपाइ गरेर आ–आफ्नो जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा पठाउने काम पनि भइरहेको विभागले जनाएकाे छ ।

राहदानी सेवा विभागले राहदानी विभागबाट कुनै अवरोध विना सेवा सञ्चालन भइरहेको र आकस्मिक सेवा लिन चाहने सेवाग्राहीले सहज रूपमा विभागबाट सेवा लिइरहनु भएका र हालसम्म जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरू गरी २२स्थानबाट सेवा सुचारु गरिएको र अन्य स्थानहरूबाट क्रमशः सेवा सुचारु गर्ने गरी तीव्रता पूर्वक काम भई रहेकोले केही दिन भित्रमा सबै स्थानबाट सेवा सुचारु गरिने जनाएको छ ।

यस अघि आवेदन गरिसकेका (वायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ गरी नियमित प्रक्रियाबाट सम्बन्धित जिल्ला / इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउने कार्य भई रहेको जनाएको छ । साथैः सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको पुनः अनुरोध गर्दै सेवाग्राहीमा पर्न गएको असुविधा प्रति विभाग क्षमा भागेको छ ।

विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट नयाँ राहदानी वितरणको काम ठप्प भएको राहदानी विभागले जनाएको थियो  ।

राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको हो । यसले गर्दा तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित बनेका छन् । यसबाट सेवाग्राहीहरुले दु:ख पाएको गुनासो गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij