२०८३ साउन ९ शनिबार

अमेरिकाद्वारा युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग

ई आर्थिक    मंगलबार, मंसिर १८ २०८१
2K
Shares
अमेरिकाद्वारा युक्रेनलाई  ७२ करोड ५० लाख डलर सहयोग

वासिङ्टनडिसी। संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेनविरुद्ध चलिरहेको सैन्य अपरेसनको लागि ठुलो मात्रामा मिसाइलसहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्ति मार्फत राष्ट्रपति जो बाडेनले रक्षा विभाग (पेन्टागन) लाई किभलाई आफ्नो क्षेत्रीय, स्वतन्त्रता र स्वाधीनताको तत्काल रक्षा गर्न आवश्यक उपकरणहरू उपलब्ध गराउन निर्देशन दिनु भएको छ ।

सुलिभानले आफ्नो कार्यकाल समाप्त हुनु अघि युक्रेनलाई सयौँ, हजारौँ तोप र थप मिसाइल लगायत महत्त्वपूर्ण क्षमताहरू प्रदान गर्ने बाइडेन प्रशासनको अभिप्रायलाई पुष्टि गर्नु भएको छ । पछिल्लो सममयमा अमेरिकालाई युक्रेनको मुख्य सैन्य समर्थक मानिन्छ । रासस/क्यूएनए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij