२०८३ साउन १० आइतबार

प्रचण्डका घरभेटी फेरी कोलो सूचिमा

ई आर्थिक    मंगलबार, मंसिर १८ २०८१
4.9K
Shares
प्रचण्डका घरभेटी फेरी कोलो सूचिमा

ई-आर्थिक, काठमाडौं । पटक पटक सरकारको कालो सूचिमा पर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल  प्रचण्डका घरभेटी शारदा प्रसाद अधिकारी सरकारको कालो सूचिमा परेका छन्  । सार्वजनिक खरिद अनुगमन कार्यालयले शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् को कार्यालय मातहत रहेको कार्यालयले अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई आज कालो सूचीमा राखिएको सूचना जारी गरेको छ । २०७९ सालमा पनि काम समयमा नगर्ने तथा ठेक्का ओगटेर बस्ने अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीलाई कालोसूचीमा राखेर काम गर्ने प्रतिबन्ध लगाइएको थियो  ।

शारदाप्रसाद अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी हुन् । उक्त कम्पनी अहिले शारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले उनलाई ६ महिनाको लागि सार्वजनिक खरिद प्रक्रियामा प्रतिबन्ध लगाएको छ ।  उनले सडक विभाग,संघिय सडक सूपेरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, चौरजहारी रुकुम पश्चिमले सरकारलाई कलोसूचिमा राख्न सिफारिस गरेको थियो ।

सरकारले उनीसहित  २० वटा निर्माण कम्पनी तथा व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको सूचनामा उल्लेख गरेको छ ।

सार्वजनिक खरिद अनुमगन कार्यालयले १ वर्षदेखि ३ वर्षसम्मका लागि निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको हो ।

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका  निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको मंसिर १७ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij