२०८३ साउन १० आइतबार

देशभर उप-निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, आजै दलिय सहमति गरेर कीर्तिपुरमा मतगणना गर्ने आयोगको तयारी

ई आर्थिक    आइतबार, मंसिर १६ २०८१
5.6K
Shares
देशभर उप-निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, आजै दलिय सहमति गरेर कीर्तिपुरमा मतगणना गर्ने आयोगको तयारी

ई-आर्थिक, काठमाडौं । देशभरका रिक्त रहेका विभिन्न ४१ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ ।  बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान निर्धारण गरिएको मतदान समय  सकिएको  निर्वाचन कार्यालयले जानकारी दियो  । मतदानमा करिब प्रतिशत ६२ प्रतिशत  मत खसेको  निर्वाचन आयोगका साहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले जानकारी दिए ।  केही दुर्गम स्थानको डाटा इन्ट्री हुन बाँकी छ । थप  ५ बजे थपिएको मतदानको केही संख्या इन्ट्रि गर्न बाँकी हुदा यसमा केही संख्या थपिने साहायक प्रवक्ता चालिसेले इ-आर्थिकलाई बताए ।

उपनिर्वाचनमा  देशका विभिन्न स्थानमा  नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको  निर्वाचन आयोगका साहायक प्रवक्ता चालिसे बताउछन् ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।  देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतपत्र शिलबन्दी गरि निर्वाचन कार्यालय तर्फ जाने क्रम संगै बाँकी केही डाटाँ इन्ट्री भैरहेको छ । निर्वाचन उत्साहा रुपमा सम्पन्न भएको उनले बताए ।

कीर्तिपुर  लगायत देशभरका वडाहरुको मतगणना आजै हुने

उपनिर्वाचन सकिए संगै कीर्तिपुर  लगायत देशभरका वडाहरुको मतगणना आजै हुने आयोगले बताएको छ । 

‍’कीर्तिपुर नगरपालिका लगायतका अन्य वडाहरुको पनि मतगणाना आजै हुनेछ । वडामात्रै भएको स्थानमा मत गणना हुन्छ । पालिकाको सन्दर्भमा दुर्गम पालिकाका हुम्ला, दोलखाको आज सम्भव छैन् । रातिसम्मै मतपत्र संकलन गर्नुपर्ने हुदा आज सम्भव हुदैन् ।’ उनले भने
कीर्तिपुरको हकमा  सुगम भएकाले आजै मत  गणना गर्ने तयारी रहेको छ । दलिय सहमती गरेर हाम्रो प्लान आजै साँझबाट सुरु गर्न तयारी रहेको प्रवक्ता चालिसे भने ।

 मतदान कार्य सम्पन्न  -निर्वाचन आयोग

स्थानीय तह उप-निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ। उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९  मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको छ।

उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २०  वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो। ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमश: नेपाली काँग्रेसका उम्मेदवार श्री टेकराज भट्टराई र श्री टीका कुमारी चौधरी (भुल)को मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो भने रूकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. 2 को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार श्री जगत घर्तीको मात्र अन्तिम उम्मेदवारी कायम भएको आयोगले जनाउको छ ।

एक एक जना उम्मेदवारी कायम भएका बाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडा अध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४  जना र स्वतन्त्र १०२  जना गरी जम्मा ३ सय ७६ जना उम्मेदवार रहेका थिए ।

मतदान कार्य समाप्त भई मतपेटिका सुरक्षित रूपमा सङ्‍कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको छ। एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुने आयोगले बतायो ।

मतगणना स्थलमा मतपेटिका ल्याइसकेपछि लगत्तै स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ हुनेछ। मतगणनाको परिणाम आयोगको वेबसाइट result.election.gov.np मा हेर्न सकिने छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij