२०८३ साउन १० आइतबार

एडीबीबाट १५ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, अरू के–के गर्‍यो निर्णय ?

ई आर्थिक    आइतबार, मंसिर १६ २०८१
3.6K
Shares
एडीबीबाट १५ अर्ब सहुलियतपूर्ण ऋण  स्वीकार गर्ने, अरू के–के गर्‍यो  निर्णय ?

ई-आर्थिक, काठमाडौं । नेपाल सरकारले मन्त्रिपरिषद्मा गरेका २ बैठकको निर्णय सार्वजनिक गरेको छ ।सरकारले गत साता बसेका २ वटा मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको हो  । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गत साता बसेका २ मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन् ।

आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नवीनतम सिंचाई आयोजना कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १ सय १० मिलियन अमेरिकी डलर(करिब १५ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले चालु आर्थिक वर्षका लागि उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्यप्रति क्विन्टल रु ५ सय ८५ रुपैया कायम गर्ने निर्णय गरेको छ भने उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

मन्त्री गुरुङले मंसिर १० गतेको बैठकले गरेको ९ निर्णय र मंसिर १३ गतेको बैठकले गरेका ८ निर्णय गरेर जम्मा १७ वटा निर्णय सार्वजनिक गरेको जानकारी दिए ।  मन्त्रिपरिषद्ले बसेको  बैठकमध्ये पहिलो बैठकले प्रधानमन्त्री केपी शर्मा अओलीको चीन भ्रमण अघि परराष्ट्रमन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत गरेको छ भने दोस्रो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको सञ्चार मन्त्री गुरुङले जानकारी दिए  ।

साथै मन्त्रिपरिषद्को बैठकले  नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ भने लेखामान बोर्डको अध्यक्ष पदमा सुनिरकुमार ढुंगेललाई र लेखापरीक्षणमान बोर्डको अध्यक्ष पदमा जगन्नाथ उपाध्यायालाई नियुक्त गरेको  जनाएको छ ।

मन्त्रिपरिषद्का अन्य निर्णयहरु

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij