२०८३ साउन ९ शनिबार

मारवाडी सेवा समितिलाई गौशाला धर्मशालाबाट नहटाउन उच्च अदालतको आदेश

ई आर्थिक    शुक्रबार, मंसिर १४ २०८१
4.7K
Shares
मारवाडी सेवा समितिलाई गौशाला धर्मशालाबाट नहटाउन उच्च अदालतको आदेश

ई-आर्थिक, काठमाडौं । पशुपति धर्मशालाबाट तत्काल मारवाडी सेवा समिति नहट्ने भएको छ ।  उच्च अदालत पाटनले पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्काल नहटाउन अन्तरिम आदेश दिएको हो  ।

उच्च अदालतका  न्यायाधीशहरु टंकप्रसाद गुरुङ र टिकाराम आचार्यको इजलासले पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच २२ असोज २०८१ मा भएको सहमति तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

यसअघि काठमाडौं जिल्ला अदालतले पशुपति गौशालामा मोही लाग्ने भन्ने मारवाडी सेवा समितिको दाबी खारेज गर्दै त्यसमा पशुपति क्षेत्र विकास कोषकै निर्णय मान्य हुने फैसला गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij