२०८३ साउन १० आइतबार

धनुषाको बटेश्वरको एक स्टोरमा आगलागी, ४० लाख बढीको धनमाल जलेर नष्ट

ई आर्थिक    बुधबार, मंसिर १२ २०८१
5.1K
Shares
धनुषाको बटेश्वरको एक स्टोरमा आगलागी, ४० लाख बढीको धनमाल जलेर नष्ट

जनकपुर । धनुषाको बटेश्वर गाउँपालिका–३ मा रहेको एक स्टोरमा आगलागी भएको छ ।

क्त स्थानको कुशवाहा जेनरल स्टोर्समा भएको आगलागीबाट ४० लाख बराबरको धानमाल जलेर नष्ट भएको छ ।

मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगमा आगलागी भएको थियो ।

टपरी उद्योगमा तयार भएको ८ लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेको थियो ।

आगलागी स्थानीय, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जानकारी दिएको छ ।

क्षति सम्बन्धी मुचुल्का उठाउन बाँकी रहेको उनको भनाइ छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij