ई- आर्थिक, काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले केन्द्रीय कार्यालय समुद्घाटन गर्ने भएको छ । नेपाल निर्माण उद्योग परिषदको केन्द्रीय कार्यालयको समुद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोली गर्दैछन् । उद्घाटन कार्यक्रम नेपाल निर्माण उद्योग परिषदको केन्द्रीय कार्यालय खरिबोट कोटेश्वर हुने भएको हो । उक्त उद्घाटन कार्यक्रम मंसिर १० गते सोमबार बिहान ९ बजे तय भएको आयोजकले जानकारी दिएको छ ।
केन्द्रीय कार्यालयको उद्घाटन पछि दिउँसो ३ बजे केन्द्रीय कार्य समितिको बैठक बस्ने नेपाल निर्माण उद्योग परिषदका महासचिव राम शरण देउजाले बताए ।
केन्द्रीय कार्य समितिले बैठकका एजेन्डाहरुमा असोज २० गते बसेक बैठकक निर्णयहरु अनुमोदन गर्ने, कार्यालय स्थानान्तरण अनुमोदन र आर्थिक व्यवस्थापन तथा विस्तार, गठन गर्न बाँकी प्रदेश जिल्ला कार्य समिति लगायत जिल्ला प्रदेश इन्चार्ज जिम्मेवारी तोक्ने कार्य एजेन्डा रहेको महासचिव देउजाले जानकारी दिए । नेपाल निमार्ण उद्योग परिषद् निर्माण व्यावसायीहरुको छाता संगठन हो । यो एमालेको निर्माण सम्बन्धी भातृ संस्था हो ।
