ई–आर्थिक, काठमाडौं । नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा सुदर्शन शिवाकोटी चयन भएका छन् । शिवाकोटी यसअघि अनेरास्ववियुको महासचिवमा पराजित भएका थिए । त्यसपछि उनी विद्यार्थी राजनीतिबाट बाहिरिएका थिए ।
काठमाडौंमा जारी पाँचौ जिल्ला अधिवेशनबाट अनेरास्ववियुका पूर्व उपमहासचिव शिवाकोटी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । त्यस्तै जिल्ला कमिटी सचिवमा नरेन्द्र न्यौपाने निर्वाचित भएका छन् ।
अन्य पदमा पनि सर्वसम्मतिको प्रयास भइरहेको कमिटीले जानकारी दिएको छ । एमालेका विद्यार्थी र युवा संगठनमा आबद्ध उपत्यकाका संगठित सदस्यहरुबाट युवा विद्यार्थी विशेष जिल्ला कमिटीको चयन हुने विधानको व्यवस्था छ ।
त्यही विधानमा व्यवस्था भए अनुसार कमिटीको चयन भइरहेको छ ।