२०८३ साउन ९ शनिबार

‘धर्ती जोगाउँ : जीवन बचाउँ’ अभियानमा मानव अधिकारकर्मी,

ई आर्थिक    शुक्रबार, कार्तिक ३० २०८१
8.8K
Shares
‘धर्ती जोगाउँ : जीवन बचाउँ’ अभियानमा मानव अधिकारकर्मी,

ई-आर्थिक, काठमाडौं । धर्ती जोगाउँ : जिबन बचाउँ अभियानमा लाग्न  मानव अधिकारकर्मीले आग्रह गरेका छन् धर्ती जोगाउन र जीवन बचाउन  उनीहरुले आग्रह गरेका हुन्  । विश्वमा बढ्दो जलवायु परिवर्तन (ग्लोवल वार्मिङ) को समस्या बढ्दै गर्दा अधिकारकर्मीहरुले धर्ती र  जिवन बचाउन जोड दिएका छन् । मानवअधिकार तथा शान्ति समाज काठमाडौैका सभापति भगवान पुडासैनीले  मानव अधिकार तथा शान्ति समाजले बिगत लामो समयदेखि हिमालय बचाउ अभियान संचालन गरिरहेको  ई-आर्थिकलाई जानकारी दिए ।

“पछिल्लो समयमा नदिनाला तथा हिमाल प्रदुषित हुने क्रम बढ्दो  छ ।  बढ्दो फोहोरमैला समस्याका कारण नेपालका नदीनालामात्र होइन हिमाली क्षेत्रको प्रभाव परेको छ ।  हिमाली क्षेत्रहरुमा पनि  फोहोरमैला लगायत  ‍प्रदुषणबाट ग्रसित हुदा यसलई जोगाउनु हाम्रो ध्येय हो ।’ अभियन्ता उत्तम पुडासैनी भन्छन् ।

हिमाल बचाउ अभियानमा विशेषरुपमा शान्ति समाजको काठमाडौं शाखाले  आफ्नै ढंगले अघि बढाईरहेको सभापति पुडासैनी बताउछन् ।

शान्ति समाज काठमाडौं शाखा नियमित रुपमा वाग्मती सफाई अभियमानमा  सहभागिता रहँदै आएको छ । हामीले गतबर्ष संसारकै सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल सफाई गर्दै बिशेष सन्देश प्रवाह गरेको थियो ।

अहिले  दोलखा जिल्लामा रहेको चारैतिरबाट हिमालले घेरिएको मनमोहक च्छो-रोल्पा ताल सफाई गर्दै उक्त स्थानबाट सफाई सम्बन्धि सन्देश समेत प्रवाह गरिएको उनी बताँउछन् । मानवअधिकारकर्मीहरुले च्छोरोल्पा हिमाल अगाडी विभिन्न प्ले कार्ड बोकी हिमाल जोगाउन आग्रह गरेका छन् ।

शान्ति समाज काठमाडौं शाखाले विभिन्न समाजिक क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै छाडा गाई बाछा संरक्षण साथै ‘मेरो फोहोर : मेरो जिम्मेवारी’लाई प्रवद्र्धन गर्दै सफाई संस्कृती निर्माणमा शान्ति समाज काठमाडौं शाखा निरन्तर सक्रिय रहँदै आएको छ , उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij