ई-आर्थिक, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ नेपाल नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ । कम्युनिकेसन कम्पनीले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)वापतको रकम प्राधिकरणलई बुझाएको प्राधिकरणले जानकारी दियो ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले वर्ल्डलिंकले प्राधिरकणलाई बुझाउनुपर्ने बक्यौता वापतको १ अर्ब ३८ करोड ९० लाख रोयल्टी र ७६ करोड २३ लाख ९५ हजार रुपैयाँ आरटीडीएफ वापतको पैसा बुझाएको जानकारी दिए । उनले भने ‘वर्ल्डलिंकले एकमुष्ट रुपमा शुक्रबार यो शुल्क बुझाएको छ, अब प्राधिकरणबाट आवश्यक निर्णय गरेर कम्पनीको इजाजतपत्र नवीकरणसहितको काम हुने छ । ”
वर्ल्डलिंक कम्युनिकेसको २५ वर्षे दूरसञ्चार सेवाको इजाजतपत्रको अवधि गत वैशाखदेखि सकिएको थियो । अव वर्ल्डलिंक कम्युनिकेसनको इजाजतपत्र नवीकरणको प्रक्रिया अघि बढ्ने भएको छ।