ई–आर्थिक, काठमाडौं । केही समय अघि लगातार बढिरहेको सुनको मूल्य फेरि लगातार घट्न थालेको छ । गएको दुई सातामा मात्रै सुनको भाउ प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको छ । हिजोको तुलनामा आज तोलामा ४ सय रुपैयाँले मूल्य घटेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ ।
कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य भने बुधबार केही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँ कायम भएको छ ।