२०८३ साउन १० आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.७ किलो सुनसहित तीन जना पक्राउ

ई आर्थिक    बुधबार, कार्तिक २१ २०८१
2.7K
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.७ किलो सुनसहित तीन जना पक्राउ

ई–आर्थिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम मरामत भएको छ । प्रहरीले सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij