२०८३ साउन १० आइतबार

काठमाडौं महानगरद्वारा भारतबाट ल्याइएको ठूलो परिमाणमा फूल पक्राउ, नेपाली फूलले पायो अवसर

ई आर्थिक    शुक्रबार, कार्तिक १६ २०८१
8.6K
Shares
काठमाडौं महानगरद्वारा भारतबाट ल्याइएको ठूलो परिमाणमा फूल पक्राउ, नेपाली फूलले पायो अवसर

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरी बलले ठूलो परिमाणमा सयपत्री फूल बरामद गरेको छ । भारतबाट अबैध रुपमा भित्र्याइएको उक्त फूल काठमाडौंको जयबागेश्वरीबाट पक्राउ गरेको हो ।
भन्सार छली ल्याएको उक्त फूल भारतको कोलकोत्ताबाट बीरगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो ।

भारतबाट त्यसरी फूल ल्याउने वीरगंजको डी.के. ट्रेडर्स भएको खुलेको छ । फूलसँगै पक्राउ गरिएका एक व्यक्तिले उक्त ट्रेडर्सको तर्फबाट मनिष नामका व्यक्तिले फूल नेपालमा मगाएका हुन् । यसअघि पनि त्यसरी नै भन्सार छलि गरी नियमित फूल ल्याएर विक्री वितरण गर्दै आएको पनि पक्राउ परेका व्यक्तिले खुलाएका छन् ।

स्मरणीयत के छ भने भारतको कोलकत्ताबाट वीरगंज भन्सार छलेर ल्याइएको ठूलो परिणामको उक्त फूल काठमाडौं आइपुग्दासम्म कही कसैले पनि पक्राउ गरिएको थिएन । महानगर प्रहरीले सयम सापेक्ष काठमाडौं भित्र्याइने सबै आयतित सामानको चेकजाँच गर्ने गरेको छ । त्यसैक्रममा सो फूल पनि पक्राउ परेको हो ।

संयोग नै मान्नुपर्छ महानगर प्रहरीले केही ढिला गरेको मात्रै भए भन्सार छलि गरी ल्याएका फूलहरु उपत्यकाको बजारमा छ्याप्छ्याप्ती पुगिसकेका हुन्थे ।

भारतीय अबैध फूल पक्राउ परेपछि नेपाली फूलले बजारमा अवसर पाएको महानगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेले बताए । महानगरभित्र हुने यस्ता अबैध क्रियाकलापमा महानगरको खबरदारी जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij