२०८३ साउन १० आइतबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको १ करोड रुपैयाँभन्दा बढी सहयोग

ई आर्थिक    बुधबार, कार्तिक १४ २०८१
2.9K
Shares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको  १ करोड रुपैयाँभन्दा बढी सहयोग

ई-आर्थिक, काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।

नेपाल टेलिकमले  गत असोज १० देखि १२  गते सम्म वर्षाका कारणले देशैभर भएको प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको हो ।

आसोजमा  परेको अविरल वर्षाका कारणले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको जनाएको छ ।
नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त बाढी, पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रु।  एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध र पैसा त्रियासी  रुपैयाँ  जम्मा गरिएको छ  ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरु समेतको उपस्थितिमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र गरेकी थिइन् ।

सो अवसरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडी बढ्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij