२०८३ साउन १० आइतबार

सहकारी विवादमा मुछिएका काँग्रेसका गुरूङ र एमालेका पोखरेललाई पनि छानविन गर्न गगन थापाको माग

ई आर्थिक    सोमबार, कार्तिक १२ २०८१
3.9K
Shares
सहकारी विवादमा मुछिएका काँग्रेसका गुरूङ र एमालेका पोखरेललाई पनि छानविन गर्न गगन थापाको माग

ई-आर्थिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा जोडिएका सबैलाई अनुसन्धानमा ल्याउनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका छन्। उनले सरकारलाई सुझाव दिदै सहकारी प्रकरणमा विवादमा तानिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषीकेश पोखरेललाई पनि छानबिन गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री  थापाले  सोमबार काठमाडौंमा राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै थापाले जनतालाई सरकार भएको महसुु हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दै भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताएका थिए ।

उनले सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ताका लागि सरकारले काम अघि बढाउनुपर्ने धारणा राखेका हुन्  । सहकारीको बचत ठगी गर्नेहरूको सम्पत्ति बेचेर भए पनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने धारणा राखेका थिए ।

महामन्त्री थापाले सहकारी प्रकरणमा दोषी देखिएका सबैलाई कारवाही गर्नुपर्ने भन्दै संसदीय छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

उनले भने,  जुनसुकै दलका नेता भए पनि अनुसन्धानमा गल्ती देखिए कारबाही गर्न सरकार पछि हट्न हुदैन।

सहकारी विवादमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेसंगै सहकारी विवादमा परेका कांग्रेस उपसभापति गुरुङ  र सांसद पोखरेललाई पनि अनुसन्धान दायारामा ल्याउन विभिन्न राजनीतिक दलहरुले कुरा उठाउन थालेका छन । कांग्रेसका उपसभापति  ललितपुरको महालक्ष्मीस्थानस्थित एक सहकारीको बचत हिनामिनामा जोडिएका छन्  । भने एमाले सांसद पोखरेल पत्नी मोरङको एक सहकारीको बचत हिनामिनामा तानिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij