ई–आर्थिक, काठमाडौं । उद्योग विभागको महानिर्देशको जिम्मेवारी अब्बल प्रशासक राजेश्वर ज्ञवालीले पाएका छ्न् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत विभागमा ज्ञवालीले आइतबारबाट कार्यभार सम्हालेका छन् ।
हालैमात्र उद्योग मन्त्रालयमा तानिनुभएका उनी सो अघि राष्ट्रिय योजना आयोगमा थिए ।
कात्तिक २ गते बसेको मन्त्रीपरिसद बैठकले ४० जना सहसचिवको सरुवा गरेको थियो । सो सरुवामा यसअघी महानिर्देशक यज्ञराज कोइरालाको सरुवा भएको थियो ।
ज्ञवाली यसअघी काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । यस्तै, ठुला करदाता कार्यालयको प्रमुखका रुपमा पनि उनले काम गरिसकेका छन् ।
थुप्रै स्थानमा व्यवस्थापकीय नेृतृत्व प्रदान गर्दा नयाँ र सिर्जनशील काम गरेर ख्याति कमाइसकेका ज्ञवालीको राष्ट्रिय योजना आयोगमा छोटो अवधि मात्र बसाई भयो । उनको अब्बलताको परीक्षण भने अब उद्योग विभागमा रहेर हुने भएको छ ।