२०८३ साउन ९ शनिबार

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, ९७ करोड नगद लाभांश वितरण गर्ने

ई आर्थिक    आइतबार, कार्तिक ११ २०८१
9.1K
Shares
प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, ९७ करोड नगद लाभांश वितरण गर्ने

ई-आर्थिक, काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत (कर सहित) का दरले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij