२०८३ साउन १२ मंगलबार

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, केही समयमा प्रतितोला २ लाख पुग्ने अनुमान

ई आर्थिक    आइतबार, कार्तिक ११ २०८१
4.8K
Shares
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, केही समयमा प्रतितोला २ लाख पुग्ने अनुमान

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले  ऐतिहासिक रेकर्ड कायम गरेको छ ।  सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज आईतबार  नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । आज सुनको मूल्य प्रतितोला १४ सय रुपैया रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । यही अनुपातमा सुनको मूल्य बढ्दै जाने हो भने केही समयपछि नेपालमा प्रतितोला २ लाख रुपैयाँसम्म पुग्ने यस क्षेत्रका जानकारहरु बताउछन्। तिहार नजिकिएसंगै बजारमा सुनको मूल्यले पनि नयाँ रेकर्ड बनाउदै छ ।  यो कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला एक लाख ६७ हजार ४०० रुपैयाँमामा कारोबार भएको छ । शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । कार्तिक ७ गते बुधबार कायम उचाईलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । उक्त दिन छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँ कायम थियो ।गत कात्तिक ६ गते मंगलबार  सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको थियो  । साथै, गत सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएकाे थियाे । सुनको मूल्यले निरन्तर छैटौं दिन पनि नयाँ रेकर्ड बनाएको हो ।

आज चाँदीको मूल्य पनि बढेको ।  आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको हो  । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ७० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत  मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९o रुपैयाँमा खरिदबिक्री भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर तेस्रो दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो ।

अन्तराष्ट्रिय क्षेत्रमा भएको द्वन्दको कारण साथै लगानीको सूरक्षित माध्यम सुन भएकाले अन्तराष्ट्रिय रुपमा सुनको मूल्यमा उतारचढाव कायम भएको हो । यही परिमाणलाई हेर्ने हो भने नेपालमा सुनको मूल्य २ लाख रुपैयाँ सम्म पुग्ने यो क्षेत्रका व्यवसायी तथा जानकारहरु बताउछन् ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुन चाँदीको मूल्य बृद्धि भई लगातार नयाँ रेकर्ड बनाइरहेको व्यवसायीहरुको भनाई छ । सुन चाँदीको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय कारण रहेको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोहीअनुसार मूल्य समायोजन हुँदा नेपालमा सुनचाँदीको भाउ बढेको हो ।

यतिबेला प्रमुख दुई कारणले सुनको भाउ बढाएको छ । पहिलो– मध्यपूर्वी युद्ध र दोस्रो– अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितता । जब जब अन्तर्राष्ट्रिय तनाव र द्वन्द्व बढ्न थाल्छ, त्यसले सुनको माग ह्वात्तै बढाउने गरेको छ । यतिबेला मध्यपूर्वी युद्धको तनाव छ,अर्कोतिर अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्न सक्ने अनिश्चितताले लगानी सुनतिर मोडिएको अनुमान लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij