फायल तस्विर
ई–आर्थिक, वालिङ । स्याङ्जाको चापाकोटमा भएको बम बिस्फोट परी एक जना घाइते भएका छन् भने एक घरमा क्षति पुगेको छ ।
चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोटमा परी पुुरी स्वयम्् घाइते भएका हुन् ।
घरधनी पुरीको तीन तले कच्ची घरको माथिल्लो तलाबाट दोस्रो तलामा सामान सार्ने क्रममा शनिबार साँझ बम बिस्फोट भएको प्रहरीले पुष्टि गरेको छ ।
घटनामा परी ४५ वर्षीय घरधनी पुरी घाइते हुनुका साथै उनको घरमा क्षति पुगेको हो । घाइते नेपाल सेनाका पूर्व कर्मचारी पुरीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ । पुरीको बायाँ आँखा भन्दा मुनी बायाँ खुट्टा र नाइटो भन्दा तल चोट लागेको छ ।
पुरीले नेपाली सेनाबाट दुई वर्ष अगाडि अबकास लिएको उनका पारिवारिक स्रोतले जानकारी दिएको छ ।
बम कसले राखेको र किन राखिएको भन्ने बारेमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।