२०८३ साउन १० आइतबार

खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

ई आर्थिक    बुधबार, असोज २३ २०८१
4.6K
Shares
खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

ई-आर्थिक, काठमाडौं ।   एन आई सी एशिया बैंकले आफ्नो ग्राहकहरुलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहकहरुलाई प्यान अद्यावदिक गर्ने अनुरोध गरेको हो । विज्ञप्तिमा “ बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले बैंकले अनुरोध गरेको उल्लेख गरेको छ ।

ग्राहक महानुभावहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एप मा रहेको “ प्यान अपडेटको ” विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको एनआई सी एशियाका प्रमुख सूचना अधिकारी सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया जानकारी दिए ।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इटीडियस् (ETDS)को रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण इटीडियस् (ETDS) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।

ग्राहक महानुभावले प्यान अद्यावधिक नगराएको कारणले भ्(त्म्क् मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंक सम्पूर्ण ग्राहक महानुभावहरुमा जानकारी गराउँदछ । साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij