२०८३ साउन १२ मंगलबार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटेलमा २०% सम्मको छुट

ई आर्थिक    मंगलबार, असोज २२ २०८१
5.5K
Shares
सिद्धार्थ बैंकका ग्राहकहरुलाई  र्‍याडिसन  होटेलमा २०% सम्मको छुट

ई- आर्थिक, काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना  ग्राहकहरुलाई र्‍याडिसन होटेलमा २०% सम्मको छुट गर्ने व्यवस्था गरेको छ ।  सिद्धार्थ बैंक र  र्‍याडिसन होटेल (लाजिम्पाट, काठमाडौं) बीच बैंकका ग्राहकहरुलाई  विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो  । बैंक र होटलबिचको  सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाट स्थित  र्‍याडिसन   होटेलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सकिनेछ  ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत  सम्पर्क गर्न सक्नेछन्  । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij