२०८३ साउन ९ शनिबार

मारवाडी सेवा समितिले ‘ब्रम्हलुट’ गरेको पशुपति धर्मशालाको व्यवस्थापन कोषले गर्ने

ई आर्थिक    आइतबार, असोज २० २०८१
6.4K
Shares
मारवाडी सेवा समितिले ‘ब्रम्हलुट’ गरेको पशुपति धर्मशालाको व्यवस्थापन कोषले गर्ने

ई–आर्थिक, काठमाडौं । पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रूपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको उक्त धर्मशाला यसअघि समितिले नै व्यवस्थापन गर्दै आएको थियो । समितिले धर्मशालामा कोषलाई नोक्सानी पु¥याएर गरेको उक्त कार्यलाई अधिकांशले ‘ब्रम्हलुट’ मच्याएको बताउँदै आएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो ।

परिषद् सदस्य काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह समेतको उपस्थिति रहेको सो बैठकमा धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहित भएको भन्दै आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्नसक्ने गरी बाटो खुला गरिदिएको छ ।

मारवाडी सेवा समितिले यस अघिको करार बदर गरी पाउँ भन्दै काठमाडौँ जिल्ला अदालतमा पशुपति विकास कोषविरुद्ध दायर मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij