२०८३ साउन १० आइतबार

‘बाढी डुबान समाधानमा किन उदासीन सरकार ?

ई आर्थिक    आइतबार, असोज २० २०८१
2.4K
Shares
‘बाढी डुबान समाधानमा किन उदासीन सरकार ?

ई- आर्थिक, जनकपुरधाम । चुरे विनाशका कारण मधेश र विहारमा व्यापक  आर्थिक क्षति  वर्षौ हुदै आएको छ । वर्षायाम तथा पहाडमा अविरलवर्षा हुदाँ तराइका विभिन्न भूभागहरु डुवान पर्ने गरेका छन् ।  चुरे विनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशलाई पनि व्यापक क्षति भइरहँदा समेत दुवै देशको सरकार उदासीन बन्नु सरोकारबालाहरुले   चिन्ता व्यक्त गरेका छ्न् ।

चुरे विनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशलाई पनि व्यापक क्षति भइरहँदा समेत दुवै देशको सरकार उदासीन बन्नु  चिन्ताजनक रहेको  सरोकारबाला वक्ताहरुले बताए ।   नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा जनकपुरधाममा गत  शुक्रबार आयोजित ‘बाढ विपद – आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रमका अधिकांश वक्ताहरुले चुरे विनाशका कारण नदीहरु पुरिएर बहाव नियन्त्रणभन्दा बाहिर गएपछि मधेश र विहारमा भइरहेको व्यापक क्षति रोक्न दुवै देशका सरकारहरु उत्सुकता नदेखाएको आरोप लगाए सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा पूर्वमन्त्री कृष्णा यादवले चुरे विनाशको सवालमा आफूले पटक–पटक पार्टीको केन्द्रीय समितिमा पनि आवाज उठाँउदा समेत कुनै सुनुवाई भइनरहेको बताएका छन् । ‘चुरेमा सुकुमवासीभन्दा हुकुमवासीहरु घर बनाएर त्यहाँका गिट्टी, बालुवा, काठ दाउरा तस्करी गरेहेको सवालमा मैले आवाज उठाउने गरेको छु’, उनले भने, ‘म पार्टीमा पनि भन्ने गर्छु म पहिला मधेशी हुँ अनि पछि कांग्रेसी हुँ

उनले नेपालको हरेक आपदा विपदामा भारत सरकार पहिलो सहयोगीको भूमिकामा रहे पनि नेपाल सरकारका केही व्यक्ति त्यसो हुनबाट रोकिरहेको र भारतलाइ गाली गरी ठूलो नेता बन्न नेपालमा होड चलेको बताएका थिए ।
कार्यक्रमको प्रारम्भमा एक कार्यपत्र प्रस्तुत गर्दै नेपाल–भारत खुला सीमा संवाद समूहका केन्द्रीय अध्यक्ष डा. राजीव झाले सन् २००८ मा कोशीको तटबन्ध फुट्दा हजारौँले ज्यान गुमाएको, नेपाल र भारतका ३० लाख मानिस प्रभावित भएको सहितका दृष्टान्त प्रस्तुत गरेका थिए । ‘पानी स्वभाविक उचाईबाट तल, उत्तरबाट दक्षिण बग्ने नै हो । न नेपालले रोक्न सक्छ न त भारतले छेक्न सक्छ । हामी भाग्यमानी छौ कि हामीसँग पर्याप्त पानी वर्षायाममा हुन्छ तर दुर्भाग्य त्यसको सहि सदुपयोग गर्न नसक्दा यसले बिनास निम्त्याउने गरेको छ’, उनले थपे ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपालका नेतासमेत रहेका डा.झाले भने, ‘चुरे दोहनको कारण पहाडमा पानी रुकिरहेको छैन र पानीको आत्यधिक चापले अनियन्त्रित भई नेपाल र भारत दुबैतिर क्षति पु¥याइरहेको छ ।’ वर्षायामभन्दा पहिले बाढी नियन्त्रणका लागि संयुक्त रुपमा काम गर्न नेपाल सरकारलाई भारत सरकारसँग समन्वय गर्न अनुरोध गर्नु पर्ने उनले बताए । सिमा आरपार बस्नेहरु आपद विपदको बेला एक आपसमा सहयोग गरी बसेको उनले धारणा राखे ।

भारत विहारका वरिष्ठ पत्रकार ललित झाले नदी बचाउन सबैभन्दा पहिला आफैबाट सुधारको प्रयास गर्नुपर्ने र माटो तथा जमिनलाई साँस फेर्न अवरोधक मानिएका पोलिथिन, प्लाष्टिकको प्रयोग बन्द गर्दै पर्यावरण संरक्षक वृक्षलाई नाश गर्ने कार्य बन्द गरी वृक्षारोपण गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रा, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठ, मिडिया काउन्सिलको कार्यबाहक अध्यक्ष कैलाश दास सहितकाले प्राकृतिक श्रोत साधनको दोहनका कारण यस्ता विपदा आउँदा समेत राकथाम समेत हुन नसक्नु दुःखद रहेको बताए ।

चुरे अभियानी दिपक यादवले चाइनिज कम्पनीले खुट्टी खोलामा गहिरो खाल्टो खनेर मुहाननै फेरि दिएको, हिन्दी अभियानी रमन पाण्डेले चिनले सुनियोजित तरिकाले सडक निर्माणको नाममा पहाड, खोला नाला उत्खनन् गरिरहेको जुन हाम्रो लागि दुश्मन जस्तो व्यवहार भएको धारणा राखे ।
सो अवसरमा पत्रकार श्याम सुन्दर शशी, भारतीय कम्युनिस्ट पार्टी मालेका नेता भुषन सिंह, बाढी विज्ञ रत्नेश्वर लाल कर्णले पनि बाढीको समस्या र समाधानका केही उपाय बताएका थिए

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र साह, शिक्षक सत्रुधन साह, नेता संजय सिंह, बिनोद ठाकुर, संतोष लाल कर्ण, प्रा.डा. वीरेन्द्र लाल कर्ण, प्राध्यापक ईश्वरकान्त झाले आ–आफ्नो मन्तव्य राखेका थिए ।
समूहका केन्द्रीय उपाध्यक्ष शिव शंकर साह हिराले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन रास्ट्रिय मुक्ति क्रान्तिका नेता संजय चौधरीले गरेका थिए । सो अवसरमा बाढी पहिरोमा परि नेपाल भारतमा ज्यान गुमाएकाहरु प्रति मैनवत्ति प्रज्वलन र मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij