दशैंको व्यापार विगतको तुलनामा ७५ प्रतिशत कम
लक्ष्मण फुयाल, काठमाडौं । दशैंलाई किनमेलको पर्व पनि मानिन्छ । दशैंको बेला देशभरिनै किनमेलको गुल्जार हुने गर्दछ । गत वर्षको दशैंमा राजधानीमात्रै नभई सहरबजारमा किनमेल गर्ने उपभोक्ताहरु लाइनबद्द बाक्लो संख्यामा हुनथ्ये । कोरोनाकहर पछि नेपालमा भएका बैकिंङ तथा वित्तिय क्षेत्रमा आएको मन्दीका कारण देशभरको व्यापारीक हिसाब किताव डामाडोल भएको छ । विशेष रुपमा सहकारीहरुमा आएका समस्या लगायत देशमा बाढी पहिरोको कहरले आक्रान्त पार्दा देशको अर्थतन्त्र लगायत विभिन्न क्षेत्रहरु मारमा परेको सरोकारवालहरुको धारणा छ ।
चाडपर्वमा गुल्जार हुने काठमाडौंका व्यापारीक क्षेत्रहरु रुपमा परिचित न्यूरोड, असन, बानेश्वर, कोटेश्वर मैतिदेवी, चावहिल, बौद्ध लगायतको क्षेत्रको व्यापार व्यवसाय सिथिल छ । चार्डपर्वहरुमा भिडभाड रहने यी व्यापारीका क्षेत्रहरुमा अहिले व्यापार तथा उपभोक्ता संख्यामा धेरै कमी आएको छ सरोकारकाला बताउछन्। दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको भीड हुने भएपनि अहिले भने बजार सुनसान छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष पनि आर्थिक मन्दीको कारण व्यापारमा उत्साह नदेखिएको व्यापारीहरुले बताएका छ्न् । उनीहरुले दशैँ नजिक अविरल वर्षाको कारण मुलुकभर आएको बाढीपहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको बताएका हुन् ।
हरेक वर्ष करिव ३० लाख मान्छेहरु दशै मनाउन उपत्यका छाडेर गाँउघर जाने गर्थे तर अहिले अबिरल वर्षाको कारण धेरै मान्छेहरु घर जाने वा नजाने निर्णयलिन नसक्दा पनि बजारमा मान्छेहरु कमी भएको छ । काठमाडौं उपत्यकामा पोहोरको तुलनामा करिव ३० प्रतिसतको हाराहारीमा मात्रै व्यापार भएको राष्ट्रिय व्यापार संघका महासचिव केदार प्रसाद न्यौपाने बताउछन् ।
काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरुले गुनासो गरेका छन् । व्यापारीहरुले विगतका वर्षहरुमा सोही समयमा हुने सतप्रतिशत व्यापारको अहिले २५ प्रतिशत पनि व्यापार हुन नसकेको भन्दै व्यापार व्यवसाय दयनीय अवस्थामा पुगेको बताए । बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरुको क्रय शक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ ।
कोभिडपछि क्रमशः मन्दी शुरु भएर अहिले चरम बिन्दुमा गएको अवस्था छ । लामो समयदेखि व्यापार चलायमान हुन सकेको छैन । उपभोक्ताको कमीको कारणले पनि बजार चलायमान हुन सकेको छैन । बजारमा उपभोग वृद्धि गर्ने युवा जनशक्ति विदेश पलायन भएको कारण पनि व्यापारमा कमी भएको हो। मानिसहरुको क्रय शक्ति घटेको छ । काठमाडौं बाहिरको व्यापारको अवस्था पनि उस्तै छ । बाढी पहिरोको कारण काठमाडौं नाकाबन्दीको अवस्थामा रहेको राष्ट्रिय व्यापार संघका महासचिव न्यौपाने भन्छन् ।
चावहिल गणेशस्थान व्यापार संघ सदस्य तथा भेरियस कलेक्सनका सञ्चालक उमेश पौडेल भन्छन् पहिला पहिला बाजेहरुको समयमा चावहिल क्षेत्र काठमाडौं पूर्वी भेगकोलागि किनमेलको थलो थियो । पहिला पहिला काठ क्षेत्रको किनमेल गर्न चावहिल एरीयामा मान्छेहरुको भिड लाग्ने गर्द्थ्यो। चावहिलको गणेशस्थान एरीया पुरानो व्यापार गर्ने थलोको रुपमा परिचित थियो । चावहिल एरीयामा दशैको व्यापार सन्तोषजनक छैन । विगतको तुलनामा अहिले यस क्षेत्रको व्यापारमा ६० प्रतिसतले कमी आएको छ । यस क्षेत्रमा पहिले-पहिले भिडहुने गरेकोमा योपालि व्यापार राम्रो छैन।“
बजारमा व्यापार कमीहुनाको एक प्रमुख कारण अनलाइन सपिङको कल्चर बढ्नु पनि हो । अनलाइन विजनेशका कारण खुद्रा व्यापारमा केहीहद सम्म असर परेको भेरियस कलेक्सनका सञ्चालक उमेश पौडेल दाबी गर्छन् ।
“चावहिल एरीयामा बाढीको कारणबाट व्यापारमा लगभग ६० प्रतिसतले कमी वा व्यापारनै डाउन छ । यो क्षेत्रमा मान्छेहरुको फ्लो कम छ । मान्छेहरको फ्लोकम भएपछि व्यापारमा पनि प्रभाव पर्ने नै भयो । व्यापार घट्ने भयो । पोहोरको व्यापार भन्दा ६० प्रतिसतले कमी छ “। उनले भने ।
बजार सुनसान छ । मान्छेहरुको फ्लो छैन् । मान्छेको आवतजावतनै कम छ । पहिला पहिला दशैंमा १ दिनमा २ लाख २५ हजार माथि व्यापार हुने गरेकोमा अहिले दिनमा १ लाख पुग्न पनि धौधौ छ । विशेषगरि अविरल वर्षाको कारणले बाटोहरु कहिकतै बाकिँ छैनन् ।काठमाडौंबाट बाहिर निस्कने मान्छेहरुलाई गर्ह्रो अवस्था छ । मान्छेहरुलाई यात्रा गर्ने अन्योलको अवस्थाले पनि व्यापारमा प्रभाव परेको हो । चावहिल चोकबाट गणेशस्थान जाने मार्गमा साधुरोबाटो, अस्तव्यस्त सवारीसाधनहरुको ट्राफिकजामले पनि बजारलाई समस्या पारेको उनी गुनासो गर्छन्
अहिले देश रोहिरहेको अवस्था छ । व्यावसायीहरु बाढीपहिरो पीडित राहतमा जुटेका छौ । व्यापार व्यवसाय गर्ने बाटोहरु सबै बन्द छन् । चारवटै राजमार्गहरु बन्दा हुदा व्यापारीहरु मार्कामा परेको राष्ट्रिय व्यापार महासंघका सचिव केदार न्यौपानेले जानकारी दिए । व्यापारीहरुको लगानी पनि सूरक्षित हुन नसक्ने अवस्था छ । भन्सारबाट सामान आउने वातावरण नहुदा लगानी सूरक्षित हुने वातावरण पनि छैन् सचिव न्यौपाने थप्छन् । बजारमा पनि आमउपभोक्ताहरु उल्लासमय उपस्थिति छैन् । व्यावसाय सन्तोषजनक अवस्था छैन् । व्यापार व्यवसाय न्यून अवस्थामा रहेको छ । बजार पहिलाको तुलनामा २५ दखि ३० प्रतिसत सम्म मात्रै व्यापार व्यवसाय भएको छ । विगतका दशैंहरुमा जसरी हर्ष र उल्लाहसका साथ व्यापार हुन्थ्यो अहिले त्यो अवस्था छैन । बजारको अवस्था देख्दा प्रकृतिक बिपत्तिबाट परेको समस्या समाधान गर्ने व्यावसायीहरु मानविय कर्ममा लागेका छौ” उनले भने ।
बानेश्वरमा विगत २०५१ सालदेखि कपडा व्यवसाय गर्दै आएका सिताराम बन्जाराले कपडा पसल सञ्चालन गरेको ३१ वर्ष भयो तर अहिलेको जस्तो दशैंमा तितो र खल्लो अवस्था देख्नपरेको थिएन् । सिताराम कपडाका सञ्चालक बन्जारा भन्छन् “ मैलै व्यापार गरेको ३१ वर्ष भयो । पोहोरको तुलनामा अहिले व्यापार पुरै कमी छ । पोहोरको तुलनामा व्यापार व्यवसाय ज्यादै कमी आएको छ । २०५१ सालदेखि २०८१ साल सम्मलाई तुलना गर्दा पहिला पहिला हेर्दा यो समय अत्यासलाग्दो छ । पहिला राम्रो भिडभाड हुने गरेको थियो तर अहिलेसम्म धेरै कम छ । मेरो थोक कपडा पसल हो । मैलै पहिलेका दशैंहरुमा दिनमा ३0 हजार देखि ४० हजार सम्म व्यापार हुनेगरेकोमा अहिले व्यापार न्यून छ । अहिले दिनमा १५ देखि २० हजार सम्म व्यापार हुन्छ ।“
न्यूरोड क्षेत्रमा सप्लायर व्यवसायी हुन श्याम खड्का । खड्का भन्छन् – न्यूरोड एरीयाको विजनेस सकिएको अर्थात व्यापार व्यवसाय शुन्यको अवस्था छ । मार्केट पुरै डाउनको छ । व्यापारीहरु व्यापार नुहदा हाड न छालाको अवस्थामा छन् । लगानी गरेको भन्दा आदी मूल्यमा समाना बेचिरहेन वाध्य छन् ।
पहिलाको तुलनामा न्यूरोड, असन एरीयामा व्यापारीक चहलपहल ज्यादै न्यून छ । चलहपहल जति भएपनि मान्छेहरुसंग पैसा छैन् । मान्छेसंगको आर्थिक अभावले कारण पैसा निकाल्न सकेका छैनन् । पहिला पहिला ५ लाख लगानी गरेर सामान लैजानहरु अहिले एक, दुई लाख सम्म हालेर सामान लगेका छन् । बजार पुरै डाउन क्यास्रको अवस्थामा छ खड्काले भने
“बजारमा चहलपहल नहुन अहिलेको अवस्थामात्रै दोषी होइन । बजारमा व्यापारीक क्षेत्रका समस्याहरु लकडाउनबाटै आर्थिक क्रियाकलापहरु सुस्ताएको हो । बजारमा आर्थिक मन्दी, फाइन्नास् तथा सहकारीहरुले धेरै व्यक्तिहरुको लगानी डुवाइदिन पनि मूख्य कारक हो । आममानिसहरुको बचत ढुब्यो। बजारमा पैसाको चलखेल हुन सकेन् । बजारमा पुँजीको चलखेल हुन नसकेपछि व्यापार विजनेसमा प्रभाव पर्नु स्वाभाविक नै हो ।
भक्तपुर लोकनथली अवस्थित व्युटीक्षेत्रमा क्रियासिल व्यक्ति हुन् रियल हेवन व्युटिपालर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका कृण्ण कुमार विष्ट राउत । राउतका भन्छिन् पहिलाको तुलनामा लोकनथली एरीयाको व्युटिपालरको व्यवसायमा ७५ प्रतिसत बिजनेसमा कमी आएको छ । पहिला पहिला व्युटीपालरमा मान्छेहरुको भिडमभिड थियो तर अहिले व्युटिपालर सुनसान छ ।
सिभिल महलकाहरुको हालत पनि नाजुक छ । आर्थिक मन्दी तथा बिजनेस भविष्य नभएपछि मलका सटहरु कतिपय खाली छ्न । मलका व्यवसायीहरु भन्छन “ मलमा अहिले चहपहल छैन् । हामी गेम र टिकटक हेरेर बस्न बाध्य रहेको छौ । घटस्थापनाका दिनदेखि केही ग्राहक आउने पर्खाइमा रहेका छौ । दशैँमा केही व्यापारमा सुधार हुने व्यवसायीमा अपेक्षा भएपनि आशातित हुन अवस्था छैन ।
दशैँ नजिक अविरल वर्षाको कारण मुलुकभर आएको बाढी पहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको छ । देशमा भएको अविरल वर्षा तथा आर्थिक रुपमा भित्रिएको विभिन्न समस्याहरुले व्यापारीलाईमात्रै गाँजेको छैन । सम्पूर्ण राज्यका नागरिकदेखि पूरै राज्यनै प्रभावित छ ।