ई- आर्थिक, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार तोलामा ८०० रुपैयाँ बढेको सुनको मूल्य, यस दिन प्रतितोला १०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यस्तो सुन प्रतितोला १ लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलाको १ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १५ रुपैयाँ बढेर प्रतितोला १ हजार ९५० रुपैयाँ पुगेको छ।