२०८३ साउन १२ मंगलबार

लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

ई आर्थिक    बुधबार, असोज १६ २०८१
4.8K
Shares
लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

ई- आर्थिक, काठमाडौं ।  
 फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको संस्थाको हाल चुक्तापुँजी १ अर्ब ५ करोड ५५ लाख रूपैयाँ रहेको छ ।

ग्रामिण अर्थतन्त्रलाई चलायमान गराउन र महिलालाई आत्मनिर्भरता तर्फ जोड्न फरवार्डले गाउँगाउँमा पुँजी पुर्याउँदै आएको छ । संस्था देशका ४० जिल्लाहरुमा सञ्चालित छ । संस्थामा करिब तीन लाख महिला सदस्यहरु रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij