२०८३ साउन ९ शनिबार

भद्र नारी जागरण समितिद्वारा काठमाडौं पूर्वी भेगका २५ विद्यालयका १०० जहेन्दार विद्यार्थीलाई पोसाक वितरण

ई आर्थिक    बुधबार, असोज १६ २०८१
12.7K
Shares
भद्र नारी जागरण समितिद्वारा काठमाडौं पूर्वी भेगका २५ विद्यालयका १०० जहेन्दार विद्यार्थीलाई पोसाक वितरण

ई- आर्थिक, काठमाडौं । काठमाडौं जिल्ला अवस्थित पूर्वी भेगका २५ विद्यालयका १०० जहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति तथा पोसाक वितरण गरिएको छ । काठमाडौंको पूर्वी भेगमा अवस्थित गोकरर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिका जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति तथा पोशाक वितरण गरिएको हो ।

भद्र नारी जागरण समितिको सिफारिसमा अग्रवाल सेवा केन्द्रद्वारा ५१४८ औ अग्रसेन जयन्तीको अवसरमा काठमाडौं जिल्लाका पूर्वी भेगमा रहेका २५ विद्यालयका १०० भन्दा वढी जेहेनदार तथा आर्थिक रुपले कमजोर र आवश्यक विधार्थीहरुलाई छात्रवृति एवम पोसाक वितरण गरिएको भद्र नारी जागरण समितिको अध्यक्ष कविता फुयालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा अग्रवाल सेवा केन्द्रका अध्यक्ष श्री गिरीधारी अग्रवाल (लोहिया) बालबालिकाको विकासमा यस्ता सेवा सहयोग पुत्याउदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग पुर्‍याउने वाचा प्रस्तुत गर्नुभयो । साथै, अग्रवाल सेवा समिति केन्द्र शिक्षा समिति संयोजक महेन्द्र कुमार वाथवालले शैक्षिक विकास विद्यार्थीकालागि आवश्यक वस्तु तथा सेवाको व्यवस्था गर्न पाउदा खुसी व्यक्त गर्नुभएको थिए । उहाँले भन्नुभयो , आगामी दिनमा पनि सहयोग पुयाउने प्रतिवद्ध छु । यस्तै गरी कार्यक्रम राष्ट्रिय सभा सदस्य  विष्णु देवि पुडासैनीले विद्यार्थीका भविष्यका लागि शिक्षा क्षेत्र जवाफदेही र उत्तदायी हुनुपर्नेमा जोड दिनुभयो  ।  अग्रवाल सेवा केन्द्रले २० वर्षदेखिको शैक्षिक उन्नयकालागि गरेको कामप्रति  सांसद पुडासैनीले  धन्यबाद व्यक्त गर्नुभयो  ।

उक्त कार्यक्रम भद्र नारी जागरण समितिको अध्यक्ष कविता फुयालले शैक्षिक विकास एंवम बालबालिकाको उत्प्रेरणाका लागि यस्ता थप कार्यक्रमहरुको आवश्यकता रहेको बताउनुभयो । साथै आगामी दिनहरुमा विद्यालय र विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी थप कार्यक्रम ल्याउन स्थानीय निकायहरु तथा सरोकारबालाई ध्यान आकृष्ट गर्नुभयो । सो कार्यक्रममा अग्रवाल सेवा केन्द्रका पधाधिकारी भद्र नारी जागरण समितिका सदस्यहरु, शैक्षिक क्षेत्रका व्यक्तित्व लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij