२०८३ साउन १० आइतबार

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २०४ पुग्दा वेपत्ता हुनेको संख्या ३३, तीन दिन राष्ट्रिय शोक घोषणा

ई आर्थिक    सोमबार, असोज १४ २०८१
6.7K
Shares
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २०४ पुग्दा वेपत्ता हुनेको संख्या ३३, तीन दिन राष्ट्रिय शोक घोषणा

, काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । सोमबार दिउँसोसम्म दुई सय चार जना पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी वेपत्ता हुनेको संख्या भने ३३ रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।

यसैबीच सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । अमेरिका भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको  बसेको मन्त्रिपरिषद बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij