२०८३ साउन १० आइतबार

सस्तो टिकटमै तीन दिन यात्रु उडाउने एयरलाइन्स कम्पनीको निर्णय

ई आर्थिक    आइतबार, असोज १३ २०८१
4.7K
Shares
सस्तो टिकटमै  तीन दिन यात्रु उडाउने एयरलाइन्स कम्पनीको निर्णय

ई- आर्थिक, काठमाडौं । 

अविरल वर्षाले सिर्जना गरेको स्थितिलाई लिएर   आन्तरिक उडानमा टिकटको मूल्य नबढाउने निर्णय एयरलाइन्स कम्पनीहरुले गरेका छन् । एयरलाइन्सहरुले ३ दिन भाडा नबढाउने सहमति गरेका छन् ।

३ दिन नियमित भाडामै उडान गर्ने गरी सहमति भएको वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिएका छन् ।

यसअनुसार अब सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सहरुले नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडाको तल्लो विन्दुमै रहेर टिकट बिक्री गर्ने अध्यक्ष कार्कीको भनाइ छ ।

एयरलाइन्स कम्पनीहरुले प्राधिकरणले तोकेको माथिल्लो विन्दुको भाडा लिएर टिकट बिक्री गरेका थिए । तर, भाडा बढाएको भन्दै चौतर्फी विरोध भएपछि नियामक क्यानले छलफलमा बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij